Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • भुटानविरुद्ध नेपालको सुरुवाती-११ सार्वजनिक

    भुटानविरुद्ध नेपालको सुरुवाती-११ सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 504
    SHARES

    काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक भएको छ ।

    नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले कप्तान किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ घोषणा गरेका हुन् ।



    घरेलु टोली नेपाल र भुटानबीचको खेल दशरथ रंगशालामा साँझ ६ बजेपछि सुरु हुनेछ ।



    नेपाल भुटानलाई हराउँदै फाइनल पुग्न चाहन्छ भने भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्छ ।

    नेपालले लाओसलाई २–० ले हराएको थियो । यस्तै, लाओसले भुटानलाई २–१ ले हराएको थियो ।

    तीन राष्ट्र सहभागिता प्रतियोगितामा नेपाललाई फाइनल पुग्न बराबरीले समेत पुग्नेछ ।

    सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

    भुटानसँग खेल्ने नेपाली टोली –

    गोलकिपर – किरण चेम्जोङ

    डिफेन्डर – अनन्त तामाङ, विकास खवास, सनिश श्रेष्ठ, रोहित चन्द

    मिडफिल्डर – नविन लामा, पुजन उपरकोटी, एरिक विष्ट,

    फरवार्ड – अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार