Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नवनियुक्त मन्त्रीको शपथ दिउँसो ३ बजे हुने

    नवनियुक्त मन्त्रीको शपथ दिउँसो ३ बजे हुने

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 432
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने भएको छ ।

    राष्‍ट्रपति कार्यालयले दिउँसो ३ बजे नवनियुक्त मन्त्रीका लागि शपथको समय तोकेको हो।



    गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।



    सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् ।

    यसअघि आज बिहान मन्त्रिपरिषद विस्तार र शपथग्रहणका विषयमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो।

    सत्ता गठबन्धन दलभित्र कांग्रेसले ८, माओवादीले ५,जसपा र नेकपा एकीकृत समाजवादीले २-२ र जनमत, लोसपा, नेसपा, नागरिक उन्मुक्ति र आम जनता पार्टीले एक-एक मन्त्रालय दिने सहमति भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार