Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • वर्तमान गठबन्धनले पाँच वर्षसम्म सरकार चलाउने महामन्त्री थापाको दाबी

    वर्तमान गठबन्धनले पाँच वर्षसम्म सरकार चलाउने महामन्त्री थापाको दाबी

    अनलाइन नेपाल
  • शनिबार, १८ चैत्र २०७९
  • 363
    SHARES

    नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगनकुमार थापाले वर्तमान गठबन्धनले नै पाँच वर्षसम्म सरकार चलाउने दाबी गरेका छन् ।

    नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलनको शनिबार उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।



    उनले अहिले देश निकै जटिल अवस्थामा रहेकोले यो सरकारलाई एक मिनेट पनि बेकारमा समय बिताउने छुट नरहेका बताए । उनले उद्घाटन र शिलान्यासमा समय खेर नफाल्न आग्रहसमेत गरे ।



    ‘अबको पाँच वर्ष सरकार र नेपाली जनता दुबैका लागि निकै महत्त्वपूर्ण रहेकोले परिणाममुखी काम गरेर देखाउने चुनौती यो गठबन्धनका लागि थपिएको छ,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार