Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • हट्यो मलेसियामा अनिवार्य मृत्युदण्डको नीति

    हट्यो मलेसियामा अनिवार्य मृत्युदण्डको नीति

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मलेसियाको संसद्ले देशको कानुनमा अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको छ ।

    संसद्ले पारित गरेको व्यवस्था कार्यान्वयनमा आएसँगै हत्या, आतङ्कवादसहित ११ प्रकारका गम्भीर अपराधमा दिइने अनिवार्य मृत्युदण्डको सजाय हट्नेछ ।



    मृत्युदण्डको अन्त्यका लागि गएको हप्ता मलेसियाको संसदमा दुई वटा विधेयक दर्ता गरिएका थिए । तिनै विधेयक आज संसदले पारित गरेको हो ।



    मलेसियामा ३४ वटा अपराधमा मृत्युदण्ड दिने व्यवस्था रहेकोमा ११ वटामा अनिवार्य मृत्युदण्ड दिने गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार