Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मोटरसाइकल दुर्घटना हुँदा बालकको मृत्यु, दुई जना घाइते

    मोटरसाइकल दुर्घटना हुँदा बालकको मृत्यु, दुई जना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, २१ चैत्र २०७९
  • 369
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते छन् ।

    दैजीदेखि बेलडाँडी जाँदै गरेको सु.प.प्र ०२००३ प ४६७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।



    दुर्घटनामा परी आठ वर्षीय बालक इसबन्धन ठकुरीको मृत्यु भएको छ।



    घाइते हुनेमा मोटरसाइकल चालक कञ्चनपुरकै भीमदत्त नगरपालिका–६ का ३५ वर्षीय टेकराज भट्ट र १२ वर्षीया अर्चना जोशी छन् ।

    घाईते दुवैको अस्पतालमा उपचार भइरहेको जनाईएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार