Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • रक्षामन्त्री खड्का र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता, के भयो कुराकानी ?

    रक्षामन्त्री खड्का र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 471
    SHARES

    काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालस्थित अमेरिकी राजदूत डीआर थम्पसनबीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार सिंहदरवारमा भेटवार्ता भएको हो ।

    भेटमा द्विपक्षीय हित र समसमायिक विषयवस्तुमा छलफल भएको खड्काको सचिवालयले जनाएको छ । राजदूत थम्पसनले नेपाल र अमेरिकाबीचको ‘ल्यान्ड फोर्स टल्क’ सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।



    उनले सहमति भएबमोजिम नेपाललाई हवाइसाधनलगायतका उपकरणहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको भौगोलिक अवस्थितिबारे जानकार भएको भन्दै सोहीअनुसार सैन्य सहयोग गर्नेसमेत बताए।



    रक्षामन्त्री खड्काले नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भए देखि नै घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको भन्दै नेपाली सेनाको पूर्वाधार विकास लगायत क्षमता विकासमा अमेरिकी सरकारले योगदान पुऱ्याएको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार