Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • फेरि बढ्यो नेपालमा कोरोना, एकैदिन थपिए ८५ संक्रमित

    फेरि बढ्यो नेपालमा कोरोना, एकैदिन थपिए ८५ संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 441
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा फेरि कोभिड-१९ बाट संक्रमित हुनेको संख्या बढेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    बिहीबार १ हजार ४०२ जनामा गरिएको परीक्षणमा ८५ जना संक्रमित थपिएका हुन्।



    यो अवधिमा २७ जना संक्रमणमुक्त भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या ३५८ पुगेको छ ।

    संक्रमण बढ्दै जाँदा पछिल्ला दिनमा आईसीयूमा विरामी हुने संक्रमित पनि बढ्न थालेका छन्।

    बिहीबारसम्म अस्पतालमा भर्ना भएका १७ जनामध्ये ४ जना आइसीयु तथा एकजना भेन्टलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार