Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राजेन्द्र पाण्डेको प्रश्न – सांसदले उठाएका प्रश्नको मन्त्रीले जबाफ दिएको खोइ ?

    राजेन्द्र पाण्डेको प्रश्न – सांसदले उठाएका प्रश्नको मन्त्रीले जबाफ दिएको खोइ ?

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 426
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सांसदहरुले उठाएका विषयमा मन्त्रीहरुले अनिवार्य रूपमा जवाफ दिनुपर्ने व्यवस्था गर्न माग गरेका छन्।

    संसद्मा बोल्दै सांसद् पाण्डेले जनताको समस्या सांसद्हरुले उठाउँदा पनि सम्बन्धित मन्त्रीहरूले जबाफ नफर्काएको भन्दै आपत्ति जनाएका हुन् ।



    पाण्डेले भने, ‘हिजो पनि मन्त्रीले उत्तर दिनुभएन । आजपनि मन्त्री आउनुभएको छ छैन ? जनताको समस्या पोख्ने थलो हो संसद् । तर,सरकार मुकदर्शक बनेर बसेको छ । हरेक दिन मन्त्रीले सांसद्ले उठाएका कुराको उत्तर दिनुपर्छ ।’



    सांसद् पाण्डेले सभामुखसमक्ष मन्त्रीले जबाफ दिने व्यवस्था मिलाउन मन्त्रीहरूलाई रुलिङ गर्न माग गरे ।

    उपाध्यक्ष पाण्डेले जनताको समस्या पोख्ने थलो भए पनि सरकार मूकदर्शक भएर बस्यो भने संसदको अर्थ नहुनेतर्फ पनि सचेत गराए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार