Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • आजबाट सुरू हुँदै भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा

    आजबाट सुरू हुँदै भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 456
    SHARES

    भक्तपुर । भक्तपुरमा आठ रात नौ दिन मनाइने बिस्काः (बिस्केट) जात्रा आजबाट सुरु हुँदैछ । सोमबार साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरूवात गरिन्छ ।

    काठमाडौं उपत्यकाको विभिन्न जात्राहरु भन्दा फरक खालको महत्व राख्ने बिस्काः जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिन्छ ।



    जात्रामा भैरवनाथको रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ ।



    लामा तथा मोटा आठ वटा डोरीले रथलाई अगाडि र पछाडि तानेर टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पु‍र्‍याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार