Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • घरमा राखेकी बालिका बलात्कार गर्ने व्यवसायीलाई १८ वर्ष कैद सजाय

    घरमा राखेकी बालिका बलात्कार गर्ने व्यवसायीलाई १८ वर्ष कैद सजाय

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 867
    SHARES

    काठमाडौं । आफैले संरक्षण दिएकी बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका कञ्चनपुरका व्यवसायी सुशील चटौतलाई १८ वर्ष कैद फैसला भएको छ ।

    जिल्ला अदालत ललितपुरकी न्यायाधीश सीता अधिकारीको इजलासले उनलाई १८ वर्ष एक महिना कैद सजाय सुनाएको हो । चटौतमाथि घरमा काम गर्न राखेकी १४ वर्षीय नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोग गत वैशाखमा दर्ता भएको थियो ।



    इजलासले कैद सजायका अतिरिक्त बालिकालाई क्षतिपूर्ति बापत आठ लाख रुपैयाँ दोषीबाट भराउन समेत आदेश भएको छ।नाबालिका अझ त्यसमाथि आफ्नै संरक्षणमा रहेकी बालिकामाथि जबरजस्ती करणी गरेको दाबी पुष्टि भएपछि अदालतले उनलाई अधिकतम सजाय सुनाएको हो ।



    चटौत कालंगा हाइड्रोपावर लगायत कन्स्ट्रक्सन, ट्रान्सपोर्ट, होटलजस्ता व्यापारमा संलग्न छन् । यो मुद्दामा बालिका होस्टाइल भएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार