Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • वर्षमानकी आमालाई गोली लाग्नु ‘दुर्घटना’ भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

    वर्षमानकी आमालाई गोली लाग्नु ‘दुर्घटना’ भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

    अनलाइन नेपाल
  • शनिबार, २ बैशाख २०८०
  • 882
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनमगरमाथि गोली प्रहारको घटना ‘दुर्घटना’ भएको जनाएको छ ।

    उक्त घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न प्रहरी सहायक हवल्दार प्रकाश पुनमगरलाई आज बिहान प्रहरीले बागडोलबाट पक्राउ गरी प्रहरी प्रधान कार्यालयस्थित नं १ गणमा आन्तरिक थुनामा राखेको छ ।



    प्रकाशले नियतवश गोली नचलाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष रहेको जनाइएको छ । प्रारम्भिक अनुसन्धानबाट ‘दुर्घटना’ भएको देखिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले बताए ।



    उनले भने, “प्रारम्भिक अनुसन्धानबाट नियतवश गोली हानेको जस्तो देखिँदैन । यो दुर्घटना हो । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”

    प्रधानन्यायाधीशको सुरक्षा टोलीमा कार्यरत प्रहरी सहायक हवल्दार प्रकाशसँग प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको चाइनिज ‘टाइप–५४’ पेस्तोल साथमा थियो । सोही पेस्तोलबाट शनिबार राति एक राउन्ड फायर भएको भेटिएको प्रहरीले जनाएको छ ।

    शनिबार राति नयाँ वर्ष मनाउन ७४ वर्षीया हजुरआमा तीर्थमालीको निवास बालुवाटार गएका प्रकाश गोली चलेपछि भागेका थिए । पेस्तोलबाट फायर भएपछि डरले उनी त्यहाँबाट भागेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

    नयाँ वर्ष मनाउने क्रममा पारिवारिक जमघटमा वर्षमान पुनका भाइहरू पनि सहभागी रहेका प्रहरीले जनाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार