Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भाजपा विदेश विभाग प्रमुख चौथाइवाले धनगढीमा, मुख्यमन्त्री शाहले गरे स्वागत

    भाजपा विदेश विभाग प्रमुख चौथाइवाले धनगढीमा, मुख्यमन्त्री शाहले गरे स्वागत

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 723
    SHARES

    कैलाली । मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवाले आइतबार धनगढी आइपुगेका छन् ।

    वैशाख २ गतेदेखि धनगढीमा सुरु भएको मानसखण्ड सम्मेलनको समापन समारोहमा सम्बोधन गर्न सडकमार्ग हुँदै नेपाल आएका प्रमुख चौथाईवालेलाई सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले स्वागत गरेका हुन् ।



    यस्तै चौथाईवालेलाई सुदूरपश्चिमका भौतिक योजना मन्त्री प्रकाश देउवा र आर्थिक मामिला मन्त्री नरेश शाहीले स्वागत गरे ।



    सुदूरपश्चिम सरकारको सहयोग तथा सुदूरपश्चिम विश्वविधालय, भारत उत्तराखण्डको कुमाउ विश्व विद्यालयको संयुक्त आयोजनामा भइरहेको मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहको प्रमुख वक्ताका रूपमा चौथाइवाले नेपाल आएको बताइएको छ ।

    सो कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ एवं सांसद आरजु देउवा राणा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी हुने छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार