Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • उपेद्र यादवको पार्टीले मतदान सुरु भएलगत्तै बुथ कब्जा गरेको सिके राउतको आरोप

    उपेद्र यादवको पार्टीले मतदान सुरु भएलगत्तै बुथ कब्जा गरेको सिके राउतको आरोप

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 861
    SHARES

    बारा । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा क्षेत्र नंं. २ का दुई मतदान केन्द्रमा बुथ कब्जा भएको आरोप लगाएका छन् । प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका बेलडाडीमा जनता समाजवादी पार्टीले बुथ कब्जा गरेको उनले आरोप लगाएका हुन् ।

    बेलडाडी र देवतालको झिगैया बुथमा आफ्ना प्रतिनिधिलाई समेत प्रवेश गर्न नदिएको उनको भनाइ छ । तर, स्थानीय प्रशासनले कुनै पनि मतदान केन्द्रमा बुथ कब्जा नभएको र शान्तिपूर्वक मतदान भइरहेको बताएको छ । राउतले उपेन्द्र यादवको पार्टीले बुथ कब्जा गरेको अरोप लगाएका हुन् । निर्वाचनमा पराजित हुने अवस्था देखिएपछि यादवकै निर्देशनमा बुथ कब्जा गराइएको पनि उनके अरोप छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार