Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस नेता सुरेन्द्रराजद्वारा दाबी पेस

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस नेता सुरेन्द्रराजद्वारा दाबी पेस

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 525
    SHARES

    पोखरा । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

    पाण्डेले काँग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादी पार्टीका १ गरी ३५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेस गरेका हुन् ।



    आजसम्मको म्याद दिएर प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि आह्वान गरेका गरेका थिए ।



    माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि वैशाख ९ गते सरकार ढलेको थियो ।

    ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्छ । संसद्‌मा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको २७ सिट रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार