Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • रुसले भन्यो -क्रेमलिन ड्रोन हमलामा वासिङ्टन जिम्मेवार

    रुसले भन्यो -क्रेमलिन ड्रोन हमलामा वासिङ्टन जिम्मेवार

    अनलाइन नेपाल
  • शुक्रबार, २२ बैशाख २०८०
  • 549
    SHARES

    एजेन्सी । रुसले क्रेमलिनमा हालै भएको ड्रोन आक्रमणमा अमेरिका र युक्रेनको हात रहेको जनाएको छ ।

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले हालै भएको ड्रोन हमलाको पछाडि संयुक्त राज्य अमेरिका र युक्रेनको हात रहेको बताएका हुन् ।



    ड्रोन आक्रमण सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त गरेको प्रवक्ता पेस्कोभले बताए । वाशिङ्गटनका लागि द्वन्द्वमा यस्तो प्रत्यक्ष सहभागिता कत्तिको खतरनाक छ भनेर बुझ्नु अझ महत्त्वपूर्ण रहेको समेत उनले बताए ।



    रुसी राष्ट्रपतिको प्रेस सेवाले बुधबार युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिन निवासमा आक्रमण गर्न दुईवटा ड्रोन प्रयोग गरेर हत्या गर्ने प्रयास गरेको दाबी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार