Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने बाइडेनको चेतावनी

    आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने बाइडेनको चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने ‘स्पष्ट सम्भावना’ रहेको चेतावनी दिएका छन्।

    युक्रेनको सीमामा पछिल्ला हप्ताहरूमा दशौँ हजार रुसी फौज तैनाथ गरिएपछि आक्रमण हुने त्रास बढेको छ। रुसले त्यस्तो आक्रमणको योजना रहेको अस्वीकार गर्दै आएको छ।



    अमेरिकी राष्ट्रपतिले युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीसँग बिहीवार भएको टेलीफोन वार्तामा सम्भावित आक्रमणबारे टिप्पणी गरेका हुन्। ‘राष्ट्रपति बाइडेनले रुसीहरूले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने स्पष्ट सम्भावना रहेको बताएका हुन्,’ ह्वाइट हाउस न्याशनल सेक्युरिटी काउन्सिल प्रवक्ता एमिली हर्नले बताइन्।



    ‘राष्ट्रपतिबाट यो कुरा सार्वजनिक रूपमा व्यक्त भइसकेको छ र हामीले पनि महिनौँदेखि यस्तै चेतावनी दिँदै आएका हौँ।’ ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा युक्रेनका राष्ट्रपतिसँग बाइडेनले ‘यदि रुसले थप हमला गरेमा अमेरिका र उसका समर्थक राष्ट्रले निर्णायक कदम चाल्न तयार रहेकोमा आश्वस्त’ पारेको जनाइएको छ।

    जेलेन्सकीले आफूहरुले “तनाव घटाउने पछिल्ला प्रयत्नहरूबारे छलफल गरेको र भविष्यका लागि संयुक्त कारवाहीबारे सहमत बनेको” बताएका छन्। समाचार पोर्टल एक्सिअसले अज्ञात स्रोतलाई उदृत गर्दै ती दुई नेताहरू रुसबाट कति खतरा छ भन्नेबारे सहमत भएनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार