Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • अमेरिका र रुसबीच कैदीका रुपमा रहेका हतियार व्यापारी र खेलाडी साटासाट

    अमेरिका र रुसबीच कैदीका रुपमा रहेका हतियार व्यापारी र खेलाडी साटासाट

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 564
    SHARES

    काठमाडौं । अमेरिका र रुसले दुई देशका कैदी साटासाट गरेका छन् ।

    अमेरिकाका बास्केटबल खेलाडी ब्रिट्नी ग्रिनर र रुसी हतियार कारोबारी भिक्टो बुटलाई साटासाट गरिएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएको छ ।



    गत जुनमा अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले कैदी साटासाटो प्रस्ताव लगेको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । सोहि प्रस्तावको आधारमा कैदी साटासाट गरिएको बताइएको छ ।



    अमेरिकी बास्केटबल खेलाडी ग्रिनर गत फेब्ररुअरीदेखि रुसी जेलमा रहदै आएकी थिइन् । ग्रिनर गत फेब्ररुअरीमा रुसस्थित मस्को एयरपोर्टबाट गाजासहित पक्राउ परेकि थिइन् ।

    बुट १२ वर्षदेखि अमेरिकी जेलमा थिए । बुट रूसका खुङ्खार हतियार व्यापारी हुन् । अन्तर्राष्टिय सञ्चारमाध्यमहरुका अनुसार उनले अलकायदालगायतका आतंककारी समूहहरुलाई समेत हतियार बेच्दै आएका थिए ।

    गैरकानूनी रुपमा हतियार बेच्नमा विख्यात भिक्टर बुटको जीवनमा आधारित रहेर ‘लर्ड अफ वार’ नामक चलचित्रसमेत निर्माण भएको छ ।

    उनलाई अमेरिकी नागरिकको हत्या योजना बनाइरहेको आरोपमा सन् २००८ मा थाइल्यान्डको राजधानी बैंककबाट पक्राउ गरिएको थियो । पक्राउ गरिएको दुई वर्षपछि थाइल्याण्ड प्रहरीले उनलाई अमेरिका डिपोर्ट गरेको थियो ।

    अमेरिकामा उनलाई २५ वर्षको जेल सजाय सुनाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार