Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • अमेरिकाले आफूहरूलाई थप हतियार दिने वाचा गरेको युक्रेनको दावी

    अमेरिकाले आफूहरूलाई थप हतियार दिने वाचा गरेको युक्रेनको दावी

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले अमेरिकाले रुसमाथि लगाएको सुरुवाती प्रतिबन्ध बलियो रहेको बताउँदै प्रशंसा गरेका छन्।

    मङ्गलवार अमेरिकी राष्ट्रपति जो बाइडनसँग भेट गरेका उनले अमेरिकी अधिकारीहरूले आफूहरूलाई थप हतियार उपलब्ध गराउने वाचा गरेको फक्स न्यूजलाई बताए।



    रुसको पछिल्लो कदमविरुद्ध अमेरिकाले विभिन्न प्रतिबन्धको घोषणा गरेको छ। रुसले क्राइमिया गाभ्दा अमेरिकाले लगाएको प्रतिबन्धभन्दा यो निकै धेरै रहेको अमेरिकी राष्ट्रपतिले बताएका छन्।



    अमेरिकाले ८० अर्ब डलरको सम्पत्ति रहेका दुई ठूला रुसी ब्याङ्कको व्यापारमा रोक लगाउने घोषणा गरेको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुसी समकक्षीसँग तय भएको बैठक आफूले रद्द गरेको बताएका छन्।

    तर तनाव व्यवस्थापनका लागि आफूहरूले अमेरिकी सेना नै युक्रेनमा परिचालित हुन् भन्ने नचाहेको युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले बताए। आफूहरूले युक्रेनलाई रक्षासम्बन्धी सहयोग दिन जारी राख्ने बाइडनले प्रतिबद्धता जनाएका छन्।

    युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले रुसको पछिल्लो कदमविरुद्ध सशस्त्र बल परिचालन नगर्ने घोषणा गरेका छन्। तर जगेडामा रहेका सुरक्षा बल सदस्यहरूलाई तालिमका लागि भने बोलाउन लागिको उनले जानकारी दिए।

    रुस र युक्रेनबीच वार्ताको संयोजन गर्ने टर्कीको प्रस्तावलाई राष्ट्रपति जेलेन्स्कीले स्वागत गरेका छन्। उनले जर्मनी र टर्की सहित राष्ट्रसङ्घीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रहरूको सहभागिता रहने शिखर सम्मेलनको आह्वान गरेका छन्।

    उनले पश्चिमा राष्ट्रहरूले रुस माथि लगाएको प्रतिबन्धको स्वागत गरेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चाहिँ रुसबाहिर सैन्य बल प्रयोग गर्न सांसदहरूसँग अनुमति मागेको जानकारी आएको छ। त्यसबाट रुसलाई युक्रेनमा ठूलो आक्रमण गर्न बाटो खुल्न सक्ने बताइन्छ। बीबीसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार