Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पक्राउ पुर्जीपछि फरार पूर्व उपप्रधानमन्त्री रायमाझी खोज्न नयाँ जुक्ति

    पक्राउ पुर्जीपछि फरार पूर्व उपप्रधानमन्त्री रायमाझी खोज्न नयाँ जुक्ति

    अनलाइन नेपाल
  • शनिबार, ३० बैशाख २०८०
  • 573
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई खोजी गर्न प्रहरीले अर्को जुक्ति लगाएको छ ।

    प्रहरीले रायमाझी निकटका व्यक्तिमार्फत उनीसम्म पुग्ने बाटो खोजी गर्न थालेको छ ।



    यसै क्रममा शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले रायमाझी बिरामी भएको पत्र संघीय संसद् सचिवालयमा बुझाउने व्यक्तिको पहिचान गर्न अनुसन्धान अघि बढाएको छ ।



    फरार रायमाझीले आफू बिरामी भएकाले उपचाररत रहेको भन्दै बुधबार संसद् सचिवालयमा पत्र पठाएका थिए । उनका एक सहयोगीले संसद् सचिवालयमा पुगेर पत्र पेस गरेका थिए । तर पत्र पेस गर्ने व्यक्ति को थिए ? भन्ने खुलेको छैन ।

    त्यही नखुलेकाले सिआइबीले ती व्यक्तिको पहिचान गर्न संसद् सचिवालयबाट पत्र बुझाउन आउँदा रेकर्ड भएको सिसिटिभी फुटेज लिएको छ । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार