Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • धरानमा लाग्यो ‘हर्क साम्पाङ मुर्दावाद’को नारा, खानेपानी पाइपमा लगाइयो आगो

    धरानमा लाग्यो ‘हर्क साम्पाङ मुर्दावाद’को नारा, खानेपानी पाइपमा लगाइयो आगो

    अनलाइन नेपाल
  • शनिबार, ३० बैशाख २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो मेहनतको कदर नभएको गुनासो गरेका छन् ।

    मेयर साम्पाङले शनिबार बिहान सामाजिक सञ्जालमार्फत आफूविरुद्ध नारा मात्र होइन, खानेपानी पाइपमा डढेलोसमेत लगाइएको बताएका हुन् ।



    उनले पानीको समस्या देखाएर राजनीति गर्न चाहेकाहरू नै आफूलाई असफल बनाउन लागि परेको बताए । नियोजित रूपमा खानेपानीको पाइपमा आगो लगाइएको भन्दै उनले निराशा पोखे ।



    सामाजिक सञ्जालमा उनले लेखेका छन्- ‘दिन रात एक बनाएर धराने जनताको सेवामा जुटेँ, बजेटको काम मात्रै होइन श्रमदान अभियान चलाएरै धेरै विकास निर्माणका कामहरू गरेँ त्यसैले आज ‘हर्क साम्पाङ मुर्दावाद’को नारा घन्कियो ! आज पाइप लाइनमा डढेलो समेत लगाइयो ! वा… भाइ वा… धन्यवाद छ तिनलाई जसले जनताको खानेपानी पाउने अधिकार खोसेर सधैँ भरि पानीको अभाव देखाई राजनीति गर्न चाहेको छ ! वा…’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार