Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • बसन्त ऋतुको पहिलो सरगमारथा आरोहण सुरु

    बसन्त ऋतुको पहिलो सरगमारथा आरोहण सुरु

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 435
    SHARES

    फाइल तस्विर

    सोलुखुम्बु । सगरमाथामा बसन्त ऋतुको पहिलो सफल आरोहण गरिएको छ ।

    आज बिहान ३ विदेशी र ३ नेपाली गरी ६ जना आरोहीले सगरमाथा चुचुरोमा सफलतापूर्वक पाइला टेकेसँगै यो सिजनको आरोहण सुरु भएको हो ।



    पहिलो आरोहण गर्नेमा पाकिस्तानी नागरिक माईली तानी, अमेरिकन महिला आरोही जेसिका र हंगेरियाका मटन टि सेर्स रहेका छन् ।



    त्यस्तै पहिलो आरोहणबाटै नेपाली आरोही पासाङदावाले २६ औं पटक सगरमागा चढेर किर्तिमान राखेका छन् ।

    त्यस्तै आज सफल आरोहण गर्नेमा खुम्बुपासाङल्हमु ५ थामेका पासाङतेम्बा शेर्पा र सोही गाउँका आङङिमा शेर्पा रहेका छन् । अहिले आधार शिविरभन्दा माथि सयौंको संख्यामा आरोही चुचुरोतर्फ लागेका छन् ।

    हिजो दिउँसो मात्रै चुचुरोसम्म आईसफल डाक्टरहरुले डोरी टाग्ने काम सम्पन्न गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार