Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • घुस माग्ने वरिष्ठ नायब निरीक्षकसहित तीन प्रहरी निलम्बित

    घुस माग्ने वरिष्ठ नायब निरीक्षकसहित तीन प्रहरी निलम्बित

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 3K
    SHARES

    पर्सा । सेवाग्राहीसँग घुस मागेको आरोप लागेका जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत वरिष्ठ नायब निरीक्षकसहित तीन प्रहरी निलम्बनमा परेका छन् ।

    प्रहरी प्रधान कार्यालयले वरिष्ठ नायब निरीक्षक वसन्त भट्टराई र प्रहरी नायब निरीक्षक जगदिश ठाकुरलाई मंगलबार निलम्बन गरेको हो ।



    यस्तै जवान महेश महतोलाई भने जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार नै निलम्बन गरेको थियो । उनीहरुलाई छानबिनका लागि निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    चेक बाउन्स (बैंकिङ कसुर) सम्बन्धी मुद्दाका जाहेरकर्ताले प्रतिवादी पक्राउका लागि इप्रका पोखरियालाई पत्राचार गरिदिन आग्रह गर्दा मुद्दा शाखाका उनीहरूले एक लाख घुस मागेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार