Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अमेजन प्राइमको म्युजिक वेब सिरिजमा अदिती बुढाथोकी

    अमेजन प्राइमको म्युजिक वेब सिरिजमा अदिती बुढाथोकी

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 504
    SHARES

    काठमाडौं । अभिनेत्री अदिती बुढाथोकीले वेब सिरिजमा पनि अभिनय गर्ने भएकी छिन् ।

    नेपालसँगै भारतमा पनि मोडलिङसँगै म्युजिक भिडियोमा सकृय बुढाथोकी अब वेब सिरिजमा पनि अभिनय र्गा लागेकी हुन् ।



    म्युजिक वेव सिरिज सिजन १ मा अदिती मुख्य अभिनेत्रीको रुपमा काम गरिरहेकी छिन् ।



    नितिन गावडेले निर्देशन गर्ने ‘म्युजिक वेब सिरिज’मा अदितीले सिजन १ देखि सिजन ३ सम्म काम गर्ने भएकी छिन् ।

    अमेजन प्राइमबाट रिलिज हुने वेब सिरिजको सिनेमाटोग्राफर विनोद प्रधान रहेका छन् । अदिती अहिले यही वेब सिरिजको सुटिङमा ब्यस्त छिन् ।

    नेपालमा भने अदितीको होम प्रोडक्सन बाबरी प्रोडक्सनबाट नयाँ फिल्मको निर्माणको तयारी पनि तीव्र रुपमा भइरहेको छ । ‘बाबरी’ रिलिज नहुँदै निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ अनटाइटल चलचित्रको घोषणा गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार