Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमालेले गर्‍यो १३ जनालाई केन्द्रीय कमिटीमा मनोनीत, को-को परे ?

    एमालेले गर्‍यो १३ जनालाई केन्द्रीय कमिटीमा मनोनीत, को-को परे ?

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेले १३ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

    शुक्रबार भएको सचिवालय बैठकले मुकुन्द्र न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुडामणि जंगलीलगायतलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।



    आज बसेको सचिवालय बैठकले नेकपा (एकीकृत समाजवादी) छाडेर पार्टी प्रवेश गरेका नेता मुकुन्द न्यौपाने, चुडामणि जंगली, भागवत विश्वासीलगायतलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको उपमहाचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।



    अन्य पार्टी छाडेर आएका र जिम्मेवारी दिन बाँकी नेतालाई केन्द्रीय कमिटीमा मनोनयन गरिएको हो ।

    यी हुन् केन्द्रीय कमिटीमा मनोनीत

    मुकुन्द न्यौपाने

    प्रेमबहादुर सिंह

    भागवत विश्वासी

    चुडामणि जंगली

    हेमराज राई

    ठम्बर विष्ट

    उमाशंकर अरगरिया

    अजय गुप्ता

    एकवाल मिया

    गणेश खनाल

    प्रेम तामाङ

    यमबहादुर परियार

    सुरेन्द्र मानन्धर

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार