Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ७० वर्षे उमेरहद हटाउने एमालेको निर्णय, ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो खुल्यो

    ७० वर्षे उमेरहद हटाउने एमालेको निर्णय, ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो खुल्यो

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेले कार्यकारी कमिटीमा लगाएको ७० वर्षे उमेर हद हटाएको छ । काठमाडौंमा भएको नवौँ महाधिवेशनबाट नेताहरुको उमेर हद ७० वर्ष राखिएको थियो ।

    एमालेको जेठ १९ गते बसेको सचिवालय बैठकले सो उमेर हद हटाउने निर्णय गरेको हो । एमालेको विधानको धारा ६४ मा सबै तहको कार्यकारी कमिटीको पदाधिकारी सदस्यमा निर्वाचित मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था छ ।



    यो व्यवस्था कार्यान्वयनमा आए अध्यक्ष केपी शर्मा ओली फेरि एमालेको अध्यक्ष उठ्ने ढोका खुल्नेछ । अहिले पालिका, जिल्ला र प्रदेशका इन्चार्जहरुको व्यापक फेरबदल गर्दा ओलीले आफूअनुकूल हुनेगरी चयन गरेका छन् ।



    त्यस्तै, ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने प्रावधान राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार