Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड ताप्लेजुङ प्रस्थान

    बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड ताप्लेजुङ प्रस्थान

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 519
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडको बाढीपहिरोग्रस्त ठाउँ अवलोकन गर्न ताप्लेजुङ प्रस्थान गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्ड केही बेरअघि संखुवासभा, पाँचथर र ताप्लेजुङको बाढीपहिरोग्रस्त ठाउँ अवलोकनका लागि प्रस्थान गरेका हुन् ।



    सोमबार बिहान बाढीपहिरो प्रभावित क्षेत्रका सांसद, नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर उद्धार र राहतमा तदारूकता देखाउन माग गरेका थिए। ताप्लेजुङमा पहिरोमा परी विस्थापित हुने र मृतकको संख्या बढिरहेको छ ।



    पहिरोले ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्ला प्रभावित बनाएको छ । ताप्लेजुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन जना पुगेको छ भने दुई जना घाइते र तीन जना बेपत्ता छन् । प्रधानमन्त्री प्रचण्ड पूर्व जाने भएपछि समाजवादी मोर्चा घोषणा पनि एक घन्टालाई सरेको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार