Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • घट्यो आन्तरिकतर्फको हवाई भाडा, यस्तो छ नयाँ भाडादर [सूचीसहित]

    घट्यो आन्तरिकतर्फको हवाई भाडा, यस्तो छ नयाँ भाडादर [सूचीसहित]

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 1.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको हवाई भाडा घटेको छ।

    प्राधिकरणले बुधबार डोमेस्टिक उडानतर्फको फ्यूल सर्जाइकल चार्ज घटाएसँगै हवाई भाडा घटेको हो ।



    प्राधिकरणले जारी गरेको नयाँ फ्यूल सर्जाइकल मूल्य सूचीअनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको ४४५ रुपैयाँले सस्तिएको छ ।



    योसँगै काठमाडौं–धनगढीको नयाँ फ्यूल सर्जाइकल चार्ज ६ हजार ६२५ रुपैयाँमा झरेको छ । यसअघि यस गन्तव्यको फ्यूल सर्जाइकल चार्ज ७ हजार ७० रुपैयाँ रहेको थियो भने सबैभन्दा कम काठमाडौं–सिमराको फ्यूल सर्जाइकल चार्ज ९० रुपैयाँले घट्न पुगेको छ ।

    यसअघि काठमाडौं–सिमरा चार्ज एक हजार ४४० रुपैयाँ रहेकोमा भाडा घटेसँगै एक हजार ३५० रुपैयाँ कायम भएको छ ।

    मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएसँगै हवाई भाडा समेत समायोजन भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार