Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • महानिर्देशकको जिम्मेवारी सम्हालेदेखि अधिकारी विमानस्थल सुधारको काममा सक्रिय, सञ्चालनमा ल्याए फोहोर नष्ट गर्ने मेसिन

    महानिर्देशकको जिम्मेवारी सम्हालेदेखि अधिकारी विमानस्थल सुधारको काममा सक्रिय, सञ्चालनमा ल्याए फोहोर नष्ट गर्ने मेसिन

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वे अगाडि फोहोर नष्ट गर्ने मेसिन ‘इन्सिनरेटर’ सञ्चालनमा ल्याएको छ ।

    प्राधिकरणका अनुसार विमानस्थलबाट उत्पादन हुने फोहोर विमानस्थल भित्रै नष्ट गर्न ‘इन्सिनरेटर’ सञ्चालनमा ल्याइएको हो ।



    प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार अब विमानस्थलबाट उत्पादन हुने फोहोर अब विमानस्थल भित्रै नष्ट गर्न सकिने छ ।



    प्राधिकरणका महानिर्देशकमा प्रदिप अधिकारीका अनुसार अन्तर्राष्ट्रिय अभ्यास अनुसार नेपालमा समेत यो मेसिन जडान गरिएको हो । अन्तर्राष्ट्रिय विमानस्थलले आफूले उत्पादन गरेको फोहोर व्यवस्थापन आफैं गर्न सक्षम हुने अन्तर्राष्ट्रिय अभ्यास छ ।

    सोही अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि फोहोर नष्ट गर्ने मेसिन ‘इन्सिनरेटर’ सञ्चालनमा ल्याइएको महानिर्देशक प्रदीप अधिकारी बताउँछन् ।

    विमानस्थल भित्र प्राकृतिक रुपमा उत्पादित फोहोर, कागजातसहित ठोस पदार्थहरुलाई यो मेसिनका माध्यमबाट नष्ट गर्न सकिने छ । गत माघ महिनामा प्राधिकरणको महानिर्देशकमा नियुक्त भएका अधिकारी विमानस्थल सुधारका काममा लागि परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार