Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • चीनमा ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु

    चीनमा ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 483
    SHARES

    एजेन्सी । चीनको उत्तरपश्चिमी भागको निङ्जिया सहरमा बुधबार राति ठूलो ग्यास विष्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ ।

    यो विष्फोट निङ्जिया सहरमा रहेको रेस्टुरेन्टमा भएको हो ।



    यो विस्फोटको कारण एलपीजी ग्यास ट्याङ्कीमा लिकेज भएको बताइएको छ । विस्फोटमा परी सात जना घाइते भएका छन्।



    चिनियाँ सरकारी टेलिभिजनका अनुसार सी चिनफिङले दुर्घटनामा घाइते भएकाहरूलाई सम्भावित सबै सहयोग उपलब्ध गराउनुका साथै महत्वपूर्ण उद्योग तथा क्षेत्रहरूमा सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार