Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रचण्डलाई सरकार टिकाउन सत्ता गठबन्धनबाटै चुनौती

    प्रचण्डलाई सरकार टिकाउन सत्ता गठबन्धनबाटै चुनौती

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 831
    SHARES

    काठमाडौं । वर्तमान आठ दलीय गठबन्धनको भरमा बनेको नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता टिकाउन सत्ता गठबन्धनमा आवद्ध दलहरू नै चुनौती बन्दै गएका छन् ।

    पाँच वर्ष सँगै रहेर आलोपालो सरकार चलाउने सहमतिसहित गठबन्धन गरेका दलका नेताहरूले सरकारको हरेक काम कारबाहीमा असन्तुष्टि जनाउन थालेपछि प्रचण्डलाई सत्ता जोगाउन आफ्नै गठबन्धन दलबाट चुनौतीको सामना गर्नुपरेको छ ।



    सरकारमा सहभागी नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको छुट्टै मोर्चा बनेपछि गठबन्धनभित्रको खटपट अझै चुलिएको छ ।



    कम्युनिस्ट पार्टीहरूबीच मोर्चाबन्दी गर्दा सत्ता टिकाउन केही सहजता देखेर आफ्नै पहलमा चार दलीय समाजवादी मोर्चा बनाएका प्रधानमन्त्री प्रचण्डको उक्त निर्णय आफ्नै लागि घातक हुने संकेत देखा परेको छ ।

    सरकार साझेदार केही दलहरूबीच छुट्टै मोर्चा गठनपछि सत्ता सहयात्री दलहरू प्रधानमन्त्री दाहालप्रति असन्तुष्ट बनेका हुन् । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार