Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • अन्तिम खेलमा पाकिस्तानमाथि नेपालको सान्त्वना जित

    अन्तिम खेलमा पाकिस्तानमाथि नेपालको सान्त्वना जित

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । नेपालले साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानलाई मंगलबार १-० ले पराजित गरेको छ ।

    सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपालले पाकिस्तान विरुद्ध जितसहित प्रतियोगिता सकाएको हो ।



    नेपालको जीतमा ८०औँ मिनेटमा आशिष चौधरीले गोल गरेका हुन् । उनले लाकेन लिम्बूको पासमा गोल गरेका छन् ।



    उनी दोस्रो हाफको सुरुवातमा आवास लामिछानेको स्थानमा मैदान प्रवेश गरेका थिए ।

    अघिल्ला दुई खेलमा पराजित हुँदै नेपाल पहिलो चरणबाटै बाहिरिने पक्का भएको थियो ।

    पहिलो खेलमा कुवेतसँग ३-१ गोलले पराजित नेपाल दोस्रो खेलमा भारतसँग २-० गोलले निराश हुन पुगेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार