Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु, चार घाइते

    अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु, चार घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 1.6K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । सोमबार राति साढे ८ बजेतिर फ्रेजियर स्ट्रिटको १८०० ब्लकमा गोली चलेको हो ।

    प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका एक व्यक्तिले अन्धाधुन्द गोली चलाएका थिए । आठ जनालाई गोली लागेको थियो ।



    तीमध्ये चार जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जना बालबालिका छन् ।



    गोली चलाउनेको व्यक्तिको पहिचान भएको छैन र उनले गोली किन चलाए भन्ने पनि खुलेको छैन ।
    आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार