Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आर्थिक बर्षको अन्तिममा प्रहरीमा चलखेल, विनाटेण्डर साढे २ करोडको खरिद

    आर्थिक बर्षको अन्तिममा प्रहरीमा चलखेल, विनाटेण्डर साढे २ करोडको खरिद

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 4.4K
    SHARES

    काठमाडौं । आर्थिक बर्षको अन्तिममा प्रहरीभित्र बन्दोबस्तीका सामान खरिदमा चलखेल भइरहेको छ । नेपाल प्रहरीको खरिद हेर्ने प्रशासन विभाग र मातहतको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयबाट खरिदमा चलखेल भएको छ ।

    प्रशासन विभागमातहत रहेको प्रबन्ध निर्देशनालयका डीआईजी केदार ढकाल र डीएसपी परशुराम मल्लले सार्वजनिक खरिद नियमावली छलेर टुक्रा टुक्रा पारी विभिन्न सामान खरिद गरिरहेका छन् । स्रोतका अनुसार प्रबन्ध निर्देशनालयबाट करिब साढे २ करोड रुपैयाँबराबरको सामान आर्थिक बर्षको अन्तिममा आएर धमाधम खरिद गर्न लागिएको छ ।
    सेटिङमा विभिन्न आपूर्तिकर्तासँग जस्ता खुद्रा सामान खरिद गरेको बिल पेश गर्न लगाइएको छ । विपत ब्यवस्थापन शिक्षालय सामाखुसीको बजेट रकमान्तर गरी प्रहरी प्रधान कार्यालयमा ल्याएर प्रबन्धबाट विनाटेण्डर सामान खरिद गर्ने कार्य भइरहेको छ ।



    रकमान्तर गरिएको बजेटबाट विनाटेण्डर सामान खरिदका क्रममा कमिसनको ठूलै खेल रहेको स्रोतको दाबी छ ।
    चालु आर्थिक बर्षमै देशभरको म्याट्रेस विनाटेण्डर जेएमबीडी इन्टरनेशनलबाट खरिद गर्न लगाएको नेपाल प्रहरीले आर्थिक बर्षको अन्तिममा २ करोड ५० लाख रुपैयाँ बराबरका बिभिन्न बन्दोबस्तीका सामान कोटेसनमा खरिद गर्न लागेको हो ।



    पूर्वआईजीपी धिरजप्रताप सिंहको पालामा म्याट्रेस र बुट खरिदमा अनियमितता भएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । वर्तमान आईजीपी बसन्तबहादुर कुँवरले प्रहरीमा पारदर्शीता र शुद्धिकरण गर्छु भने पनि ब्यवहारमा रकमान्तर गरी विनाटेण्डर सामान खरिद गरेर उनको कथनी र करनीमा फरक रहेको पुष्टि गरेका छन् ।
    गएका दुवै निर्वाचनमा म्यादी प्रहरीको पोशाक र ज्याकेट खरिद पनि जिल्ला जिल्लाबाट खरिद गरेको भनी सार्वजनिक खरिद ऐन छलेर एउटै ठेकेदारबाट विनाटेण्डर म्याट्रेस खरिदमा ५ करोड बढी घोटाला गरेको उल्लेख गर्दै अख्तियारमा उजुरी छ ।

    म्याट्रेस खरिद जिल्ला जिल्लाबाट गर्ने भनियो । तर प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालयले त्यतिबेला राजमान मिश्रको जेएमबीडी इन्टरनेशनलबाटै खरिद गर्न निर्देशन दिएको थियो । म्याट्रेसमात्रै होइन, डीएमएस बुटको खरिद पनि जिल्ला जिल्लाबाट गरेको देखाएर विनाटेण्डर खरिद नियमावली छलेर गरिएको थियो ।

    एसियन लेदर इन्डष्ट्रिज प्रालि मोरङका संचालक हसन अन्सारी (नेताजी) र मोर्डन सुज प्रालि टोखा काठमाडौंका संचालक केशर प्रधानबाट ४६ हजार जोर बुट खरिद चालु आर्थिक बर्षमै गरिएको थियो ।

    प्रहरीले २ बर्षअघि एसियन लेदर र मोर्डन सुजलाई गुणस्तरहीन बुट आपूर्ति गरेको भन्दै कारबाहीस्वरुप कालोसूचीमा राखेको थियो । गुणस्तरहीन भनेर प्रहरीले फिर्ता पठाएका तिनै बुट अन्सारी र प्रधानले सेटिङमा विनाटेण्डर जिल्ला जिल्लामा बुझाएर भुक्तानी लिएको थियो ।

    ३ बर्षसम्म कालोसूचीमा राखिएको कम्पनीबाट प्रहरीले नै गुणस्तरहीन भनेर फर्काएको बुट र म्याट्रेस खरिदमा घोटाला गरिएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो । तर उक्त उजुरीमा कुनै कारबाही भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार