Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आईजीपी कुँवरको दाबी – ‘हेड अफ एनसिबी कन्फ्रेन्स’ अत्यन्त महत्वपूर्ण र उपलब्धिमूलक रह्यो

    आईजीपी कुँवरको दाबी – ‘हेड अफ एनसिबी कन्फ्रेन्स’ अत्यन्त महत्वपूर्ण र उपलब्धिमूलक रह्यो

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 837
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर स्वदेश फर्किएका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा जेठ २४ देखि २६ गतेसम्म सञ्चालन भएको ‘१८औं हेड अफ एनसिबी कन्फ्रेन्स’मा सहभागी आईजीपी कुँवर आइतबार स्वदेश फर्किएका हुन् ।

    प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक गरेका थिए ।



    विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक कुँवरले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा प्रहरी वरिष्ठ नायब निरीक्षक पुरूषोत्तम नेपालीले फहराएको इन्टरपोलको झण्डा इन्टरपोलका अध्यक्ष र महासचिवलाई कार्य समितिका सदस्यहरूको उपस्थितिमा मेगा कार्यकमबीच नेपाल प्रहरीकोतर्फबाट हस्तान्तरण गरिएको जानकारी दिए ।



    आगामी नोभेम्बरमा अष्ट्रियाको भियानामा हुने इन्टरपोलको महासभामा प्रहरी वरिष्ठ नायब निरीक्षक नेपालीलाई विशेष आमन्त्रण गरी सम्मान गर्ने कार्यक्रम घोषणा भएको उनले बताए । यस कार्यले नेपाल र एनसिबी काठमाडौंको छवि माथि उठेको र विश्वसामू नेपालको अस्तित्व उजागर भई नेपाल प्रहरीको इतिहासमा महत्वपूर्ण घटनाको रूपमा रहने उनको भनाई छ ।

    प्रहरी महानिरीक्षक कुँवरले उक्त कन्फ्रेन्समा इन्टरपोलका १९५ सदस्य राष्ट्रमध्ये १३३ राष्ट्रका एनसिबी प्रमुखहरूबीच ईन्टरपोलका सदस्य राष्ट्रहरूको नेटवर्कलाई बलियो र प्रभावकारी बनाउने, अन्तरदेशीय अपराध नियन्त्रणका लागि आपसी समन्वय र सहकार्य गर्ने र आतकंवाद जस्ता अपराधहरूको नियन्त्रण लगायतका विषयहरुमा बृहत छलफल भई विभिन्न प्रस्ताव पारित भएको बताए ।

    कन्फ्रेन्स अत्यन्त महत्वपूर्ण र उपलब्धिमूलक भएको उनले दाबी गरे । प्रहरी महानिरीक्षक कुँवर कन्फ्रेन्समा सहभागी हुन जेठ २२ गते त्यसतर्फ प्रस्थान गरेका थिए । कन्फ्रेन्समा एनसिबी काठमाडौं नेपालका शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासमेतको सहभागिता रहेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार