Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आईजीपी कुँवरको निर्देशन – चाडपर्वमा आपराधिक क्रियाकलाप बढ्न सक्छन्, नियमसंगत आक्रामक हुनू

    आईजीपी कुँवरको निर्देशन – चाडपर्वमा आपराधिक क्रियाकलाप बढ्न सक्छन्, नियमसंगत आक्रामक हुनू

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 879
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नियमसंगत रूपमा आक्रामक हुन निर्देशन दिएका छन् ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू र जिल्ला प्रहरी परिसर प्रमुख तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई भर्चुअल माध्यमद्वारा निर्देशन दिँदै आईजीपी कुँवरले यस्तो निर्देशन दिएका हुन् ।



    उनले नजिकिँदै गरेको चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नियमसंगत रूपमा आक्रामक भई कार्यसम्पादन गर्न निर्देशन दिए । उनले प्रत्येक प्रहरी कार्यालयले चाडपर्व लक्षित बनाइएका सुरक्षा योजना कार्यान्वयन गर्दै छिटोछरितो नागरिकमैत्री बनाउँदै सेवा प्रवाह गर्नुपर्ने उल्लेख गरे ।



    कालोबजारी, मूल्यवृद्धि, जुवातास, चोरी, कृतिम अभाव सिर्जना गर्ने, अवाञ्छित गतिविधि, सीमावर्ती क्षेत्रमा हुने तस्करी लगायतका गैरकानुनी क्रियाकलापमा हुने बढोत्तरीलाई ध्यानमा राखेर यसको नियन्त्रण तथा कारवाहीमा नियमसंगत आक्रामक भई कार्यसम्पादन गर्न उनको निर्देशन छ । बजार अनुगमन लगायतका विषयमा स्थानीय तह एवं सरोकारवाला निकायसँग सहकार्य तथा समन्वय गरी प्रभावकारी रूपमा दैनिक उपभोग्य वस्तुको आपूर्ती व्यवस्थापन मिलाउनुपर्ने महानिरीक्षक कुँवरले उल्लेख गरे ।

    नागरिकमैत्री सेवाका लागि समाजसँग समधुर सम्बन्ध बनाउँदै आवश्यक परेको बेला तत्काल परिचालित हुने गरी संयन्त्रलाई प्रविधियुक्त र चुस्तदुरूस्त बनाउँदै चलायमान बनाउनुपर्नेमा उनको जोड छ ।

    चाडपर्वको समयमा हुने सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी सुरक्षा व्यवस्था, सवारी सम्बन्धि निर्देशिका सही रूपमा पालना तथा कार्यान्वयन, अनुगमन, विगतका दुर्घटनाग्रस्त ईलाकाहरूमा अझै बढि ध्यान दिँदै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

    संगठनको आन्तरिक सुदृढिकरण तथा शुद्धिकरणको नीतिलाई मूर्तरूप दिन प्रहरी कर्मचारीहरूको व्यवहार, आचरण तथा कार्यप्रवाहलाई थप सुधार गर्दै लैजानुपर्ने, कामप्रति जवाफदेही र संवेदनशील हुन निर्देशन दिँदै कानुनको दायरा भन्दा बाहिर जाने प्रहरी कर्मचारीहरूलाई कारवाही तथा राम्रो काम गर्नेलाई पुरस्कृत गर्न हरेक प्रहरी कार्यालयका प्रमुखहरूले तत्काल आवश्यक पहल गर्नुपर्ने बताए । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार