Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • पर्यटनमन्त्री किरातीले फेरी सोधे महानिर्देशक अधिकारीलाई स्पष्टीकरण

    पर्यटनमन्त्री किरातीले फेरी सोधे महानिर्देशक अधिकारीलाई स्पष्टीकरण

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई फेरी स्पष्टीकरण सोधेका छन् ।

    महानिर्देशक अधिकारीले त्यसको जवाफ दिन अस्वीकार गरेपछि मन्त्री किरातीले स्पष्टीकरण माग गर्दै अर्को पत्र पठाएका हुन् । यसअघि गत असार ११ गते किरातीले अधिकारीलाई एक हप्ताको समय दिँदै ९ बुँदै स्पष्टीकरण सोधेका थिए ।



    ७ दिनको समय राखि सोधिएको प्रश्नको जवाफ नआएपछि हिजोको मन्त्रिस्तरीय निर्णयअनुसार के कति कारणले जवाफ नपठाएको हो । स्पष्ट जवाफ ३ दिनभित्र लेखेर पठाउन अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।



    दोस्रो पटक पनि जवाफ नआए कानूनअनुसार प्रकृया अगाडि बढ्ने व्यहोरा पत्रमा उल्लेख गरिएको छ ।

    महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किरातीले स्पष्टीकरण सोधेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार