Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • क्लव सञ्चालकमाथि मुक्का हान्ने गुन्डा नाइके सानुभाइ पक्राउ

    क्लव सञ्चालकमाथि मुक्का हान्ने गुन्डा नाइके सानुभाइ पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 3K
    SHARES

    काठमाडौं । काठमाडौंको ठमेलस्थित ओम्निया क्लबमा सञ्चालक राजेन्द्र गुरुङसहित केही कर्मचारीहरुलाई कुटपिट गर्ने गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले गुरुङसहित पाँच जनलाई  थानकोटबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका ३३ वर्षीया सानुभाइसँगै, टोखा नगरपालिका १० का ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या ५ का २९ वर्षीय कमल तामाङ रहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।



    यसअघि घटनामा संलग्न भएको आरोपमा गुण्डा नाइके सानुभाईको ग्याङका दुई जना विनोद लामा र रघु लामालाई पनि प्रहरीले पक्राउ गरेको थियो । असार १५ गते गुण्डा नाइके सानुभाइको समूहले ठमेलको नाइट क्लब ओम्नियामा प्रवेश गरेर सञ्चालक राजेन्द्र गुरुङ र बाउन्सरलाई कुटपिट गरेको थियो।



    ६ जनाको समूहमा पुगेका गुरुङको समूहले सञ्चालकलाई लखेटि लखेटि कुटेको भिडिओ सार्वजनिक भएको थियो । आफू असुरक्षित भएको भन्दै प्रहरीकहाँ पुगेका क्लब सञ्चालक राजेन्द्रले सानोभाइको समूहले क्लबका कर्मचारीहरु सुरेश खड्का, आशिष नगरकोटी र आफूलाई विभिन्न अपशब्द बोली हातपात गरेको भन्दै प्रहरी वृत्त सोह्रखुट्टेमा उनीहरुविरुद्ध जाहेरी दिएका थिए ।

    सानुभाई प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैंटेका समूहका व्यक्ति हुन् । उनी घैंटेको मुख्य सहयोगी भएर काम गर्थे । घैंटेको इन्काउन्टर भएपछि असुरक्षित मान्दै बुलेटप्रुफ ज्याकेट लगाएर हिड्ने गरेका उनै सानोभाइलाई प्रहरीले २०७२ सालमा पक्राउ गरेको थियो । त्यतिबेला उनको साथबाट पेस्तोल र गोलीसमेत बरामद भएको थियो ।

    सानोभाइले २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई हप्ता असुली नदिएको भन्दै गोली प्रहार गरेका थिए । नुवाकोटकै होटल व्यवसायी सुरेश डंगोललाई पनि उनले आक्रमण गरेका थिए ।

    तर, राजनीतिक दबाबकाबीच सानोभाइमाथि त्यतिबेला कुनै कारबाही भएन । उनी नेपाली कांग्रेस निकट मानिन्छन् । कांग्रेस महामन्त्री गगन थापासँग नजिकको सम्बन्ध बनाएका गुरुङले राजनीतिक आडमा गुण्डागर्दी गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार