Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गुण्डा नाइके सानुभाइलाई १० हजार धरौटीमा छाड्न आदेश , प्रहरीले पुरानो मुद्दामा कारागार पठायो

    गुण्डा नाइके सानुभाइलाई १० हजार धरौटीमा छाड्न आदेश , प्रहरीले पुरानो मुद्दामा कारागार पठायो

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 3.2K
    SHARES

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले गुण्डा नाइके युवराज गुरुङ उर्फ सानुभाइलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

    प्रहरीका अनुसार ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङसहित त्यहाँका कर्मचारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका सानुभाइलाई न्यायाधीश प्रकाशप्रसाद पन्डितको इजलासले १० हजार धरौटीमा छाड्ने आदेश दिएको हो ।



    जिल्ला अदालत काठमाडौंले अभद्र व्यवहारको कसूरमा सानुभाइलाई १० हजार रुपैयाँ धरौटी राखेर छाड्न आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । अदालतले छाड्न आदेश दिए पनि उनले पुरानो मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेको देखिएकाले कारागार पठाइएको छ ।



    उनी काठमाडौं–२६, ठमेलस्थित क्लब ओम्नियामा गएर सञ्चालक गुरुङसहित अरु कर्मचारीहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका थिए । उनका समूहका अरु ६ जनालाई मंगलबार नै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ८ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

    जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आदेशपछि एउटै कसूरमा पक्राउ परेका रघु तामाङ, विनोद तामाङ, कमल तामाङ, निरु भनिने निरज गुरुङ, विश्व तामाङ र विक्रम अधिकारी मंगलबारै छुटेका छन् ।

    असार १५ गते गुण्डा नाइके सानुभाइको समूहले ठमेलको नाइट क्लब ओम्नियामा प्रवेश गरेर सञ्चालक राजेन्द्र गुरुङ र बाउन्सरलाई कुटपिट गरेको थियो।

    गुण्डा नाइके सानुभाइ प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ घैटेका उत्तराधिकारीका रुपमा चिनिन्छन्। उनका अपराधका हिस्ट्री धेरै रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार