Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रहरीले हत्कडीसहित ठमेल घुमाएका गुण्डा सानुभाइले फेरि मान्छे कुटे

    प्रहरीले हत्कडीसहित ठमेल घुमाएका गुण्डा सानुभाइले फेरि मान्छे कुटे

    अनलाइन नेपाल
  • मंगलबार, ९ माघ २०८०
  • 6.1K
    SHARES

    काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट १० हजार धरौटीमा रिहा भएका गुण्डा नाइके युवराज गुरुङ उर्फ सानुभाइविरुद्ध फेरि प्रहरीमा जाहेरी परेको छ ।

    शनिबार राति ठमेलस्थित छायाँ सेन्टरको पार्किङ लटमा गुरुङसहितको समूहले एक पुरूषमाथि कुटपिट गरेपछि सानुभाइसहित ७ जनाविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा ज्यान मार्ने उद्योगको कसुरमा किटानी जाहेरी परेको हो ।



    कुटपिट भइरहेको सिसीटिभी फुटेज पनि सार्वजनिक भएको छ। प्रहरी वृत्त दरबारमार्गमा सानुभाइसहित ६ जनाविरूद्ध पीडितले जाहेरी दिएका छन्। प्रहरीले उनको नाम खुलाएको छैन।



    कुट्ने र कुटिने समूहका व्यक्तिहरु दुवै प्लेब्वाई नामक डिस्कोबाट छाया सेन्टरसम्म पुगेका थिए । उनीहरूबीच के विषयमा विवाद भएर कुटपिट भएको भन्ने खुलेको छैन।

    ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई १५ असारमा कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला प्रहरीले सानुभाइलाई हत्कडीसहित ठमेलमा घुमाएको थियो ।

    क्लब ओम्नियाका सञ्चालक गुरुङलाई कुटपिट गरेपछि पक्राउ परेका सानुभाइलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाशप्रसाद पन्डितको इजलासले साउन १० गते १० हजार धरौटीमा छाड्ने आदेश दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार