Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • राप्रपाले गर्‍यो मैतीदेवीबाट पशुपतिनाथसम्म धार्मिक पदयात्रा

    राप्रपाले गर्‍यो मैतीदेवीबाट पशुपतिनाथसम्म धार्मिक पदयात्रा

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 603
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले साउनको पहिलो सोमबार र साउने संक्रान्तिको अवसरमा धार्मिक यात्रा गरेको छ ।

    पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी रहेको धार्मिक यात्रा काठमाडौंको मैतीदेवीबाट सुरु भएर पशुपतिनाथ मन्दिरमा पुगेर समापन भएको थियो ।



    हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भन्दै जनमत सिर्जना गर्न आयोजित उक्त पदयात्रामा राप्रपाका अन्य नेताहरू, धर्मगुरुहरू, विभिन्न धार्मिक संघसंस्थाका अगुवालगायतको सहभागिता थियो ।



    शिव सृष्टि र शून्यका प्रतीक हुन् भन्ने मान्यतालाई आत्मसात र अनुसरण गर्दै अघिल्लो वर्षदेखि संगठनले साउनको पहिलो दिन धार्मिक पदयात्रा गर्ने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार