Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • शिक्षामन्त्री राई भन्छन् – विश्वविद्यालयमा विद्यार्थी युनियनलाई बन्देज लगाउन सकिँदैन

    शिक्षामन्त्री राई भन्छन् – विश्वविद्यालयमा विद्यार्थी युनियनलाई बन्देज लगाउन सकिँदैन

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 462
    SHARES

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयमा राजनीतिक दलका भ्रातृ संगठनहरूलाई बन्देज लगाउन नसकिने बताएका छन् ।

    बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री राईले यस्तो बताएका हुन् ।



    उनले विश्वविद्यालयमा भ्रातृ सङ्गठनलाई बन्देज नै लगाउने अवस्था संवैधानिक कानुनी प्रावधानले नदिने भए पनि निश्चित किसिमको आचारसंहितामा बाँध्न सकिने बताए ।



    उनले विद्यार्थी युनियनहरूले के गर्न पाउने, के नपाउने भन्ने कुरा कानुनमा नै आचारसंहिता तय गर्नुपर्ने उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार