Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सेयर बजारमा मौद्रिक नीतिको प्रभाव, ६३ अंकले बढ्यो नेप्से

    सेयर बजारमा मौद्रिक नीतिको प्रभाव, ६३ अंकले बढ्यो नेप्से

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 675
    SHARES

    फाइल फोटो

    काठमाडौं । सेयर बजारले मौद्रिक नीति २०८०/८१ लाई स्वागत गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि आइतबार सेयर बजार ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा उक्लिएको छ ।

    साताको पहिलो कारोबार दिन सबै उपसूचकहरु हरियो देखिए । सबैभन्दा धेरै बैक, विकास बैंक, व्यापार उपसूचकको मूल्य बढेको छ ।



    नेप्से बढेसँगै आज कारोबार रकममा पनि उल्लेखनीय सुधार देखिएको छ । आज ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार माथिको कारोबार भएको हो ।



    शिवम् सिमेन्ट्सको आज १४ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने ज्योति विकास बैंकको १३ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार