Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पुनः कोरिया जानेको कामदारको भाषा परीक्षा भदौमा

    पुनः कोरिया जानेको कामदारको भाषा परीक्षा भदौमा

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा काम गरी वैधानिक रूपमा फर्किएर पुनः कोरिया जान चाहने नेपाली कामदारका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ ।

    सन २०२३ का लागि विशेष कोरियाली भाषा परीक्षा (सिबिटी) सञ्चालन गर्न लागिएको इपिएस कोरिया शाखाले जनाएको छ ।



    इपिएस शाखाका अनुसार कोरियाको मानव संसाधन विभाग (एचआरडी) बाट यस्तो परीक्षा सञ्चालन हुँदै छ । यो परीक्षा पास गरेपछि पुनः कोरिया जाने कामदारलाई वैधानिक बाटो खुल्नेछ । एचआरडीबाट प्राप्त नाम समावेश भएकामध्ये इच्छुक नेपाली कामदारले आवेदन दिन सक्नेभएका छन् ।



    इपिएस कोरिया शाखाका अनुसार इपिएस अन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र १ जनवरी २०१० पछि भिसा अवधिभित्रै स्वेच्छिक रूपमा नेपाल फर्किएकाले मात्र पुनः रोजगारीका लागि अवसर पाउने भएका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार