Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • माग सम्बोधन नभएको भन्दै महाराजगन्ज चिकित्सा क्याम्पसमा स्ववियुले लगायो ताला

    माग सम्बोधन नभएको भन्दै महाराजगन्ज चिकित्सा क्याम्पसमा स्ववियुले लगायो ताला

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 693
    SHARES

    काठमाडौं । माग सम्बोधन नभएको भन्दै महाराजगञ्ज चिकित्सा क्याम्पस र जनस्वास्थ्य केन्द्रीय विभागको संयुक्त स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसमा तालाबन्दी गरेको छ।

    विगत ४-५ महिनादेखि उठाइएका माग सम्बोधन नभएको भन्दै स्ववियुले क्याम्पस प्रमुख डा. अर्जुन लामिछानेको कार्यालय, क्याम्पस प्रशासन, आर्थिक शाखा, भण्डारण शाखा लगायत शैक्षिक शाखा बाहेक सम्पूर्ण क्याम्पसमा ताला लगाएको हो ।



    विद्यार्थी युनियनले त्रिविबाट पटकपटक पत्राचार भएपनि क्याम्पसमा व्यवस्थापत समिति गठन नभएको, नीतिगत कार्यहरूमा स्ववियुलाई संलग्न नगराएको आन्दोलनरत् पक्षले जनाएको छ ।



    अध्यक्ष आनन्दकुमार सिंह र सचिव विपना कँडेलद्वारा जारी विज्ञप्तिमा शुक्रबार बुझाइएको मागको सुनुवाइ नभएकाले स्ववियुले आन्दोलन सुरू गरेको उल्लेख गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार