Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • क्याम्पस प्रमुखलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै स्ववियूले लगायो ताला

    क्याम्पस प्रमुखलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै स्ववियूले लगायो ताला

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 459
    SHARES

    गोरखा । क्याम्पस प्रमुखमाथि कुटपिट गर्नेलाई कारवाही नगरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले द्रव्य शाह बहुमुखी क्याम्पसमा ताला लगाएको छ ।

    दोषी उपर कारबाहीको माग गर्दै उजुरी दिए पनि प्रहरी संगठन र प्रशासनले विभिन्न बहानाबाजीमा घटनालाई राजनीतिकरण गरी आन्तरिक मेलमिलापको चेष्टा गरेको भन्दै क्याम्पसको स्ववियूले तालाबन्दी गरेको हो ।



    शुक्रवार प्रेस बिज्ञप्ती जारी गर्दै स्ववियूले दोषीलाई कानूनी दायरामा नल्याएसम्म क्याम्पसको पठनपाठन एवं प्रशासनिक कामकाज बन्द रहने जनाएको छ ।



    ‘प्रहरीमा उजुरी गर्दासमेत झनै उक्त घटनालाई विभिन्न बहानाबाजीमा राजनीतिकरण गर्ने, गुपचुप राख्ने, आन्तरिक मेलमिलापको चेष्टा गरेकोप्रति घोर भर्त्सना गर्छौ,’ विज्ञप्तिमा भनिएको छ ।

    दोषी उपर कारबाही नभए थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत स्ववियूले दिएको छ ।

    जनयुद्धको विरोध गर्दै सामाजिक सञ्जालमा अभिव्यक्ति पोष्ट गरेको भन्दै क्याम्पस प्रमुख रामचन्द्र दुवाडीमाथि माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइका विद्यार्थीहरुले कुटपिट गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार