Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कागेश्वरी मनोहरा नगरपालिकामा तालाबन्दी

    कागेश्वरी मनोहरा नगरपालिकामा तालाबन्दी

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 654
    SHARES

    काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् ।

    नगरपालिका कार्यालय अघिल्तिरको सडक वर्षौंदेखि कालोपत्रे नभएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् ।



    चावाहिल–साँखु सडक खण्डको थली क्षेत्रको सडकमा समस्या भएको स्थानीय गुनासो छ । यो क्षेत्र नगरपालिकाको ५ नम्बर वडाअन्तर्गत पर्दछ ।



    यो क्षेत्रको सडक निर्माणको नाममा वर्षौं काम नभएको स्थानीयको भनाइ छ । स्थानीयहरू नगरपालिकाका मेयर उपेन्द्र कार्की र वडाध्यक्ष शंकर पाण्डेको विरोध गर्दै तालाबन्दीमा उत्रिएका हुन् ।

    चावाहिल–साँखु सडक खण्डमध्ये थली क्षेत्रमा झन्डै १ किलोमिटर कच्ची अवस्थामा रहेको छ । बाटो कालोपत्रे नहुँदा हरेक वर्ष सो खण्डमा स्थानीयले सास्ती भोग्दै आएका छन् ।

    नगरपालिकाले भने उक्त सडक निर्माणको जिम्मा नगरपालिकाको नभई सडक विभागको जिम्मामा भएको बताउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार