Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नियमविपरीत भाडावृद्धि गरेको भन्दै औद्योगिक क्षेत्रमा तालाबन्दी

    नियमविपरीत भाडावृद्धि गरेको भन्दै औद्योगिक क्षेत्रमा तालाबन्दी

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 681
    SHARES

    काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्यमान ऐन र नियमविपरीत भाडादर वृद्धि गरेको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले तालाबन्दी गरेको छ ।

    महासंघले औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा भाडादर तत्काल फिर्ताको माग गदै तालाबन्दी गरेको हो ।



    असमान अन्यायपुर्ण तथा विभेदकारी भाडाबृद्धि खारेज गर, सबै उद्योगमा एकल भाडा दर कायम गर, वार्ता र सहमतिमा नयाँ भाडा दर निर्धारण गर भन्ने  महासंघको माग रहेको छ ।



    निर्यात प्रवर्द्धन गर्ने र राज्यले पनि उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने जिम्मेवारी लिएको निकायले नै जिम्मेवारीबाट पन्छिँदै उद्योगीमाथि भार थोपर्ने कार्य गरेको भन्दै महासंघले विरोध जनाएको हो ।

    औद्योगिक प्रवर्द्धन एजेन्सीको रूपमा काम गर्नुपर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योग नै चल्न नसक्ने गरी भाडावृद्धि गरेको ठहर महासंघको ठहर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार