Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मूलपानी क्रिकेट मैदानको गेटमा स्थानीयले लगाए ताला

    मूलपानी क्रिकेट मैदानको गेटमा स्थानीयले लगाए ताला

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । मूलपानी क्रिकेट मैदानको नामकरणमा असन्तुष्टि जनाउँदै स्थानीयहरुले क्रिकेट मैदानको गेटमा ताला लगाई दिएका छन् ।

    नेपाल क्रिकेट संघ (क्यान) को १५ असारमा बसेको बैठकले संघका पूर्वअध्यक्ष दिवंगत जयकुमारनाथ शाहको नामबाट क्रिकेट मैदानको नाम राख्ने निर्णय गरेको थियो ।



    उक्त नाममाथि असन्तुष्ट जनाउँदै उनीहरुले क्रिकेट मैदानको गेटमा ताला लगाएका हुन् ।



    क्यानका संस्थापक तथा पूर्व अध्यक्ष शाहको सम्मानमा मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेर उनको नाममा नामकरण गरिएको थियो ।

    गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार