Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • स्रोत नखुलेको ४८ लाख रुपैयाँसहित एकजना प्रहरीको फन्दामा

    स्रोत नखुलेको ४८ लाख रुपैयाँसहित एकजना प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 1K
    SHARES

    कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको ४८ लाख रुपैयाँ नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    मंगलबार साँझ सवा ६ बजेतिर कपिलवस्तु नगरपालिकास्थित नयाँटोलबाट ४७ वर्षीय सुनिलकुमार गुप्तालाई २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र १४ लाख ९४ हजार ९२० भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो ।



    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार उनको साथबाट कुल ४८ लाख ५ हजार १२७ रुपैयाँ बरामद गरिएको छ ।



    स्थानीय रामदेव बर्माको घरमा भाडामा लिएर अवैध रुपमा भारतीय रुपैयाँको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेर खानतलासी गर्दा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतले बताए ।

    पक्राउ परेका गुप्तालाई थप अनुसन्धान गर्न बरामद पैसासहित बुधबार राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार