Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक स्थगित

    कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 498
    SHARES

    काठमाडौं । गणपूरक सङ्ख्या नपुग्दा सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।

    प्रतिनिधिसभा अन्तर्गत रहेको लेखा समितिबो बैठकमा आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको हो ।



    शुक्रबार बिहान साढे ११ बजे बसेको बैठकमा आवश्यक गणपूरक सङ्ख्या १४ जना संसद् नपुग्दा बैठक बस्न सकेन् । बैठकमा सहभागी हुन १३ जना सांसद सहभागी थिए ।



    आजको बैठकमा समितिको आन्तरिक कार्यविधि र आएका उजुरीहरूका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो । बैठक स्थगित भएपछि अर्को बैठक आइतबारका लागि तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार